काठमाडौंमा टिपर अस्थायी टहरामा पल्टिँदा दुईजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १० : ०९
काठमाडौंमा टिपर अस्थायी टहरामा पल्टिँदा दुईजनाको मृत्यु

काठमाडौं । बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा काठमाडौंमा दुई जनाको ज्यान गएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थली ओरालोमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ रहेको प्रहरीले जनाएको छ ।  टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस