सुर्खेत । प्रहरीले विभिन्न मुद्धामा फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा संलग्न कैद सजाय तोकिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–२ का ४० वर्षीय भीमप्रसाद न्यौपाने, वीरेन्द्रनगर–४ कालागाउँ बस्ने ४६ वर्षीय धर्मराज गिरी, दैलेखको दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी रामप्रसाद घर्तीले न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेशअनुसार न्यौपानेलाई ९ वर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
यस्तै गिरीलाई चेक अनादर मुद्धामा सुर्खेत जिल्ला अदालतले २०७७ असार १० गतेको फैसलाको आदेशअनुसार प्रहरीले पक्राउ गरेको हो । उनले ४२ हजार ५०० जरिवाना तिर्नुपर्नेछ । त्यस्तै, अर्का फरार प्रतिवादी खड्कालाई वीरेन्द्रनगर बजारबाट पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, २१ : ०२
लेखकबाट थप