कांग्रेसको बैठक सानेपामा सुरु

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १८ : ०२
कांग्रेसको बैठक सानेपामा सुरु

file-photo

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरू भएको छ । दिउँसो २ बजे बोलाइएको बैठक तीन घण्टापछि शुरू भएको हो ।

क्रियाशील सदस्यता छानवीन सम्बन्धमा बनाउने मापदण्ड विवादका कारण बैठक निर्धारित समयभन्दा ढिला भएको हो । महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ ।

बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना पक्षका नेताहरूसँग छुट्टाछुट्टै छलफलमा थिए ।क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस