काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि चाहिनेजति कोभिड-१९ विरुद्धको खोप आइपुग्ने बताएका छन् ।
बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रिय बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले उक्त जानकारी दिएका हुन् । ‘अब भ्याक्सिनको समस्या छैन । पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ’ उनले भने ।
भारतबाट सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भएको बताउँदै ओलीले केही दलका नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेको समेत बताए । विपक्षी दलका नेताहरुले देशलाई हिंसा र मुठभेडतर्फ लैजान खोजेको आरोप लगाउँदै ओलीले सोही कारण निषेधाज्ञा तोडेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, १३ : १२
लेखकबाट थप