राउटे युवतीमाथि यौन दुर्व्यवहारका आरोपित जेल चलान

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १९ : ४९
राउटे युवतीमाथि यौन दुर्व्यवहारका आरोपित जेल चलान

सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहारका आरोपितहरुलाई जेल चलान गरेको छ । 

राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि अदालतले कारागार चलान गरेको हो । 

अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस