पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, १३ : ४०
पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

सांकेतिक तस्वीर

पर्सा ।  चट्याङले लागेर पर्साको सखुवा प्रसैनीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते बनेका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुरका ५० वर्षीय असरतोमी देवी थारु छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार जिराभवानीका अनय तीन जना सामान्य घाइते छन् ।

प्रतिक्रिया दिनुहोस