मौसम थप प्रतिकुल बन्ने संकेत, सचेत रहन आग्रह

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, ०७ : ५३
मौसम थप प्रतिकुल बन्ने संकेत, सचेत रहन आग्रह

काठमाडौं । बुधबारदेखि  मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहेर मौसम थप प्रतिकुल बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण मनसुन सक्रिय भई प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको महाशाखाको विशेष बुलेटिनमा उल्लेख छ । 

उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ भने नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने महाशाखाको भनाइ छ ।  यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस