काठमाडौं । सङ्घीय संसदको हिउँदै अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरेले आज बिहान ११ बजे पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ।
यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
सभामुखले गरे प्रमुख दलका सचेतकहरूसँग छलफल
सभामुखले डाकेको छलफल निष्कर्षविहीन
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै