एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । ब्राजिलको गोयानियामा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलको ३७ औं मिनेटमा इडर मिलिताओले गोल गर्दै ब्राजिललाई अग्रता दिए । तर ५३ औं मिनेटमा इक्वेडरका एन्जल मिनाले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै ब्राजिलको १० खेल लामो विजयी श्रृंखला तोडिएको छ । तर पनि ब्राजिल कोपा अमेरिकाको समुह ‘बि’ मा शिर्ष स्थानमा रहन सफल भयो ।
४ खेलबाट उसको १० अंक भएको छ । समान खेलबाट ७ अंक जोडेको पेरु, ४ अंक जोडेको कोलम्बिया र ३ अंक जोडेको इक्वेडर पनि क्वाटफईनलमा प्रवेश गरेका छन् ।
समुहका ४ खेलबाट २ अंक मात्रै जोडेको भेनेजुएला भने बाहिरएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असार २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनालाई रोक्दै २३ वर्षको उपाधि खडेरी तोड्न चाहन्छ कोलम्बिया
कोपा अमेरिका : सडन डेथमा जित्दै क्यानाडा सेमिफाइनलमा
उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित
भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा
कोपा अमेरिकामा उरुग्वेको विजयी शुरुवात