ओली सुध्रेर वाल्मीकि भएर फर्किए भने माफी दिउला : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १६ : ३०
ओली सुध्रेर वाल्मीकि भएर फर्किए भने माफी दिउला : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रेर वाल्मीकि भएर फर्किए भने माफी दिने बताएका छन् । बानेश्वरस्थित संसद भवनमा पत्रकारसँगको अन्तरक्रियामा उनले आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध विद्रोहीको रुपमा प्रस्तुत भइरहने दाबी गरे।

उनले भने, ‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन, सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।’
उनले आफू अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको र पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने समेत बताएका छन्।

नेपालले भने, ‘संविधानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’

नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारे । आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गरे । 

प्रतिक्रिया दिनुहोस