राष्ट्रपति भण्डारीको ट्वीटर

यस्तो छ राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो ट्वीट

सोमबार, २६ चैत्र २०७४, १७ : १४
यस्तो छ राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो ट्वीट

सूर्यप्रकाश कँडेल

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ट्वीट अकाउण्ट खोलेर पहिलो ट्वीट गर्नुभएको छ । राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल "एट प्रेसिडेण्डटअफएनपी" रहेको छ ।

राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ, “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !”

नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनु भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताउनु भयो । संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनु भएको छ । सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ ।

सोमबार साँझसम्म राष्ट्रपति भण्डारीलाई ट्वीटरमा चार सय जनाले फलो गरिसकेका छन् । उहाँको पहिलो ट्वीटलाई एक सय ५० जनाभन्दा बढीले लाइक गरेका छन् । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटलाई ३८ जनाले रिट्वीट गरेका छन् ।  राष्ट्रपतिको ट्वीटमाथि एक दर्जनभन्दा बढी प्रतिक्रिया आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस