आर्थिक श्वेतपत्रबारे कांग्रेसको टिप्पणी– श्वेतपत्र हैन, लालपत्र

सोमबार, २६ चैत्र २०७४, १६ : ४८
आर्थिक श्वेतपत्रबारे कांग्रेसको टिप्पणी– श्वेतपत्र हैन, लालपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाम गठबन्धनको सरकारले श्वेतपत्रको नाममा लालपत्र जारी गरेको आरोप लगाएको छ । सोमबार अपरान्ह पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्रबारे औपचारिक धारणा बताएको हो । 

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सकारात्मक आँकडामा आँखा चिम्लेर श्वेतपत्र आएको र सरकार चुनावी बाचाबाट भाग्न खोजेको आरोप लगाए । “अर्थतन्त्रका कमजोरी टिपोट गर्दैगर्दा त्यसमा भएका सकारात्मक पाटोहरुलाई नागरिक पंक्तिमा राखेर नागरिकमा नवीन आशा भर्ने दिशामा लगेर नवीन सपना देखाउको सट्टा सरकारले जनतामा निराशा भर्यो । निजी क्षेत्रलाई श्वेतपत्रले बेवास्ता गरेको छ, निजी क्षेत्रलाई हतोत्साहित गर्ने कदमप्रति कांग्रेसको बिमति छ,” शर्माले भने । 
 

प्रतिक्रिया दिनुहोस