ओली सरकारले सपनाको खेती मात्रै गरेको कांग्रेस नेता महतको आरोप

सोमबार, २६ चैत्र २०७४, १५ : ४२
ओली सरकारले सपनाको खेती मात्रै गरेको कांग्रेस नेता महतको आरोप

काठमाडौं– नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले ओली नेतृत्वको सरकारले सपनाको खेती मात्रै गरेको आरोप लगाउनु भएको छ ।
आज (सोमबार) काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले सो आरोप लगाउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा जनतालाई तत्काल राहत दिने विषयमा ध्यान नदिएको नेता महतले दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले तत्काल राहत मिल्ने योजना भन्दा पनि अन्य लामो समय लाग्ने योजनाको बारेमा ध्यान केन्द्रित गरेको प्रति आपत्ती जनाउनुभयो ।
रेलमार्ग जस्ता १० वर्षीय योजना अघि सारेर नेपाली जनताले तत्काल लाभ लिने अवस्था नरहेको भन्दै सरकारलाई तत्काल राहत हुने काममा केन्द्रीत हुन पनि सुझाव दिनुभयो । सरकारले रेलमार्गको कुरा गरेपनि त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको स्मरण गराउनुभयो । नेता महतले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने, त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलको स्तरोन्नती गरे देश र जनताले तत्काल राहत पाउनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 
कांग्रेस नेता महतले भारत सरकारसँग हवाई रुट जस्ता अत्यावश्यकीय विषयमा कुरा नउठाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना समेत गर्नुभयो ।  उनले लगानीको अभावमा नेपालले तत्काल रेलमार्ग निर्माण लगायतका विषयलाई अघि बढाउन सक्ने अवस्था नरहेको दावी समेत गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस