काठमाडौं । विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुरू भएको छ ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बदर गरेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छन् ।
बैठकमा गण्डकी प्रदेश मन्त्रिपरिषद्मा कार्यविभाजनमा देखिएको समस्या समाधन गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । विपक्षी गठबन्धनमा रहेका दलहरुबीत गठबन्धन कसिलो बनाउँदै लैजाने र नियमित संवाद जारी राख्ने सहमति यसअघि नै भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असार २०७८, १८ : ००
लेखकबाट थप