नारायणी नदीको डुबान क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले गरे स्थलगत अनुगमन, दिर्घकालिन समस्या समाधान गर्ने प्रतिबद्धता (फोटोफिचर)

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १० : १७
नारायणी नदीको डुबान क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले गरे स्थलगत अनुगमन, दिर्घकालिन समस्या  समाधान गर्ने प्रतिबद्धता (फोटोफिचर)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं। २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफुले यसको बिस्तृत गूरूयोजना बनाई काम अगाढी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताएका छन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पिडामा परेका स्थानिय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । अनुगमनको क्रममा स्थानियहरूले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।  

अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न आफुले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए ।

आज नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रसासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसंग छलफल समेत गर्ने भएका छन् ।
बाढीले भरतपुर महानगरपालिकाको वडा नं। ३ को दोभान चोक, वडा नं। १६ को झनझने र वडा नं। २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस