काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इमान्दारी र निष्ठापूर्वक काम गर्ने इच्छाशक्ति भएमा समाजमा नमूना कार्य हुन सक्ने बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाको आज भर्चुअलरुपमा उद्घाटन गर्दै सभामुख सापकोटाले नमूना विद्यालय निर्माणार्थ सोच र दृष्टिकोण नमूना बनाएर अगाडि बढ्न आग्रह गरे ।
उनले अहिले मुलुकमा अहिले देखिएको कोरोना महामारी, राजनीतिक समस्या र बाढी पहिरोको संकटलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था आएको पििन बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले सम्भ्रान्त र कमजोर वर्गले पढ्ने दुईखाले शिक्षा प्रणाली कायम रहेसम्म शिक्षामा समानता नआउने बताए ।
पूर्वशिक्षामन्त्री एवं नेकपा (एमाले) का नेता डा गङ्गालाल तुलाधरले शिक्षासम्बन्धी संवैधानिक र नीतिगत व्यवस्थाका लागि गरिएका प्रयासलाई सरकारले कार्यान्वयन गर्न नसकेको टिप्पणी गरे ।
नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वाधारले बनेको विद्यालय भन्दा सिकाइमा योगदान दिन सक्ने विद्यालय मात्र नमूना हुन सक्ने विचार व्यक्त गरे ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले नेपाल ग्लोबल र डिजिटल युगमा परिवेश गरिसकेको तर नमूना विद्यालयका नाममा प्राज्ञिक अंक ल्याउने काम मात्र भएको टिप्पणी गर्नुभयो । नेपाल सरकारले ४२२ सामुदायिक विद्यालयलाई नमूनामा रुपान्तरण गर्न अनुदान दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०५ असार २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा
प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा
अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको फैसला आज नआउने
लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा
गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर गर्दैन : अग्नि सापकोटा