प्रत्येक नागरिकले राज्यको तर्फबाट समान सुविधा र अवसर लिन पाउनु पर्छ : प्रचण्ड

आइतबार, २५ चैत्र २०७४, १७ : १०
प्रत्येक नागरिकले राज्यको तर्फबाट समान सुविधा र अवसर लिन पाउनु पर्छ : प्रचण्ड

भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक नेपालीले समान हैसियतमा राज्यको तर्फ सुविधा लिन पाउनुपर्ने बताउनुभएको छ ।
भरतपुर अस्पतालको ५५ औ बाषिकउत्सवमा आयोजित  कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै अध्यक्ष प्रचण्डले समृद्धिको कुरा गर्दा मानिसको आत्म सम्मानका लागि सबैले शिक्षा र स्वास्थ्यमा समान अवसर प्राप्त गर्न पाउने संविधानमा ग्यारेण्टी गरिएको जानकारी दिनुभयो । अहिले पनि मानिसहरुका बिच विभेद छ, उहाँले भन्नुभयो , “धन र गरिबका बिचमा ठुलो खाडल छ । त्यसको अन्त्य आजैबाट हुनुपर्छ ।” 
शिक्षा र स्वास्थ्यमा क्षेत्रमा अहिले विकृतिहरु देखिएका छौ । वैज्ञानिक शिक्षाको अभावले अहिले पनि अन्धविश्वास ,रुढीवादी ,विसंगतीहरुले टाउको उठिरहेको उहाँको भनाई छ । चाहे त्यो बोक्सीको अरोपमा होस् वा विभिन्न बाहानामा अहिले पनि महिला माथि ज्याजती हुनु हाम्रो शिक्षामा वैज्ञानिकताको कमीले विभिन्न अन्धविश्वासका प्रस्य दिने घटनाहरुको अभिवृद्धि हुने गरेको छ  । राज्यले शिक्षा र स्वास्थ्यमा सबैभन्दा लगानी ,ध्यान दिन सके त्यसले मात्रै विकासको आकांक्ष पुरा हुन सक्ने बताउनुभयो । नयाँ युगको यात्राको लागि राज्यबाट जनताले आत्मसम्मान सहितको सभ्य ,सुुस्ंकृति भएर बाच्न सक्ने वातावरण सिर्जना हुन सके देश आफै समृद्ध हुने अध्यक्ष प्रचण्डको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस