काठमाडौँ । सोमबार दाङको तुलसीपुरका एक किशोर विरुद्ध जबरजस्ती करणी उद्योग र अप्राकृतिक सम्भोग गरेको अभियोगमा दूई उजुरी प्रहरी समक्ष परेको छ । ती मुद्दाका आधारमा सोमबार नै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का १४ बर्षीय ती किशोरलाई पक्राउ गरि प्रहरीले थुनामा राखेको छ ।
ती किशोर बिरुद्ध पीडित बालबालिकाकाले अभिभाबकको सहयोगमा ईप्रकामा दिएको मुद्दाका आधारमा प्रहरीले ती दुबै मुद्दा चलाएर अनुसन्धान सुरु गरेको छ । आरोपित बिरुद्ध सोमबार नै घटना अनुसन्धानका लागि पाँच दिनको म्यादपनि थप भइसकेको छ ।
ईप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले ती किशोरले बैशाख २७ गते ९ बर्षीय बालकलाई गोठालो गएको समयमा मौका छोपी जवरजस्ती अप्राकृतिक रुपमा संभोग गरेको भनेर बालकले र ७ बर्षीया बालिकाले जेठ २८ गते गोठालो गएकै समयमा आफुलाइ जवरजस्ती बलात्कार गरेको भनेर जाहेरीमा उल्लेख गरेको जानकारी दिए ।
पक्राउ परेका किशोरले अप्राकृतिक रुपमा बालकलाई संभोग गरेको कुरा प्रहरी समक्ष स्वीकार गरेको भएपनि बालिकामाथि बलात्कार गरेको भन्ने कुरा अस्वीकार गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ जेठ २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार