खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १३ : ००
खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा एक जनाको मृत्यु

सांकेतिक तस्वीर

कञ्चनपुर । सर्पको टोकाईबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापालाई आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाका अनुसार आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा सर्पले हातमा टोकेको थाहा पाएपछि उनी उपचारका लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँउपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस