११ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १२ : ३०
११ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । 

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय  गुलरियाबाट खटिएको प्रहरीले उनलाई आइतार राति पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस