काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध मुद्धा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा मुद्धा दर्ता भएको हो।
मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले मुद्दा दर्ता भएको बताए। दुई दिनअघि सांसद बैद्यले संसद बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बताएका थिए।चर्को आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा माफी मागेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० जेठ २०७८, १८ : ४७
लेखकबाट थप