काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्न तीनै जिल्लाका सिडिओहरूको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १२ : ५४
काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्न तीनै जिल्लाका सिडिओहरूको बैठक बस्दै

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेर थप गरिने भएको छ । यसबारे निर्णय लिन आज उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सिडिओहरुको संयुक्त बैठक बस्दै छ ।

यसअघि थप गरिएको निषेधाज्ञा यही जेठ ३१ गते मध्यरातमा सकिनेछ । त्यसपछि पुनः थप १५ दिनसम्म निषेधाज्ञा बढाउने तयारी गरिएको स्रोतले जनाएको छ । यद्यपि यसबारे आजको छलफलबाट निधो गरिने जनाइएको छ ।

निषेधाज्ञा थपे पनि केही नियमहरु केही खुकुलो पार्दै जाने र विस्तारै निषेधाज्ञा फितलो बनाउने मोडालिटीमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस