कोरोना अपडेट : थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि, ५ हजार २२५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १७ : ०१
कोरोना अपडेट : थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि, ५ हजार २२५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५ सय ८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ । 
 


 

प्रतिक्रिया दिनुहोस