गृहमन्त्री बादल गृहजिल्लामा सम्मानित

शनिबार, २४ चैत्र २०७४, १७ : १९
गृहमन्त्री बादल गृहजिल्लामा सम्मानित

चितवन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल शनिबार गृहजिल्ला चितवनमा सम्मानित हुनु भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला पार्टी कार्यालय भरतपुरमा आयोजित विशेष कार्यक्रममा जिल्ला इञ्चार्ज इश्वरी भट्टराईले गृहमन्त्री थापालाई सम्मानपत्र अर्पण गर्नु भएको हो ।
गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आउनु भएका थापाले विमानस्थलमा पत्रकार भेटघाट सकेपछि पार्टी कार्यालयमा पुगेर शहीद स्मारकमा माल्यार्पण गर्नु भएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि सुशासन र विकासको यात्रा सुरू हुने बताउनु भयो । उहाँले अब छिट्टै हुन लागेको पार्र्टी एकता सम्मानजनक हुने र सबैले जिम्मेवारी पाउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस