नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक सघंको छैटौं महाधिवेशन चितवनमा शुरु

शनिबार, २४ चैत्र २०७४, १६ : ३०
नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक सघंको छैटौं महाधिवेशन चितवनमा शुरु

चितवन :कांग्रेसको भातृ संगठन नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक सघंको छैटौं केन्द्रीय महाधिवेशन शनिबार देखि चितवनमा शुरु भएको छ ।
महाधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाश शरण महतले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । महाधिवेशको उद्घाटनको क्रममा बोल्नु हुदै नेता महतले देशलाइ समृद्ध बनाउन भातृ संगठनको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । काम नगरी देश विकास नहुने भन्दै उहाँले देश विकासको बलियो र भरपर्दो आधार श्रम संगठन भएको उल्लेख गर्नुभयो । 
नेपाल टे«ड युनियन कांग्रेसको सम्बन्धन प्राप्त यस संघमा नेपालका ¥याफटिङ ,महानगर ,कुरियर ,राष्ट्रिय परिक्षा बोर्ड ,ट्राभल्स एण्ड टुर्स ,इन्टरनेट प्रदायक कम्पनी लगाएतमा कार्यरत कर्मचारीहरुको अबद्धता हुने गर्दछन् ।
संगठनको हरेक ४ बर्षको अवधीमा अधिवेशन हुने गरेको सघंका अध्यक्ष भिमसेन ओलीले जानकारी दिनुभयो । हाल ४६ जिल्लाका कर्मचारीको सहभागिता रहेको सघंलाइ ७० जिल्लामा विस्तार गर्ने लक्ष्य लिईएको छ । छैटौं अधिवेशनले २७ सदस्य नयाँ कार्यसमिति चयन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस