काठमाडौं । एमाले स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा कुनै हालतमा नफर्किने स्पष्ट पारेका छन् । केही सञ्चार माध्यमले आफ्नो नाम जोडेर फेरि माओवादीमा फर्किन लागेको भनेरसमाचार प्रकाशित गरेको भन्दै उनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
‘प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी केपी ओलीको नेतृत्वमा छौं ।’
माओवादी औपचारिक रुपमा विघटनको घोषणा हुन बाँकीमात्रै रहेको दावी गर्दै उनले यस्तो अवस्थामा माओवादी केन्द्रको आयू बढाउनलाई भ्रमपूर्ण प्रचार गरिएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा
अस्पतालमा उपचाररत नेता रायमाझी ‘डिस्चार्ज’
टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना