बजारमा बढे सट्टेबाज, किन कुतर्क गर्दैछन् डा महत

शनिबार, २४ चैत्र २०७४, ११ : १०
बजारमा बढे सट्टेबाज, किन कुतर्क गर्दैछन् डा महत

काठमाडौँ । नेपालको शेयर बजार संलिने अवस्थामा पुगेको छ । तर बजारको अवस्था हेर्दा यसले स्थिरता कायम गर्न अझै केही समय लाग्ने देखिएको छ । बजार तरल अवस्थामा नै रहेको छ । तर लगातार घट्दै आएको बजार विस्तारै संंलिन्छ कि भन्ने आश पनि देखिएको छ । बजार उल्लेख्य रुपमा नबढेपनि सामान्य रुपमा उकालो लाग्न सुरु गरेको छ । यसले सकारात्मक प्रभाव भने अवश्य नै पार्ने छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको श्वेतपत्र पछि आक्रामक रुपमा बजार बढ्ला भन्ने अपेक्षामा रहेका लगानीकर्ता भने अपेक्षाकृत रुपमा बजार नबढ्दा निराश कै अवस्थामा रहेका छ । बजारमा सट्टेबाजको भीड भाँड देखिएको छ । त्यसले बजारलाई नकारात्मक प्रभाव पारिरहेका छन् । समयका हिसाबले आत्तिने गरी बजार घट्ने र मात्तिने गरी बजार बढ्ने उपयुक्त समय यो होइन । आर्थिक वर्षको तेस्रो त्रैमासिकको अन्तिम महिना भएकाले पनि ऋण प्रयोगकर्ता लगानीकर्ता बढी दबाबमा रहने रहने गर्छन । त्यसको प्रभाव बजारमा परेको छ । वर्तमान सरकार स्थिर सरकारको हो ।

सरकारले नयाँ बजेट तथा नीति कार्यक्रम ल्याउन पाएको छैन । अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम नै लागू गर्नुपरेको छ । सरकारको नीति तथा कार्यक्रम आउन पनि अझै २ महिना कुर्नैपर्छ । बजारमा तरलता अभाव उस्तै छ । शोधनान्तर स्थिति ऋणात्मक रहेको अवस्था छ । विप्रेषण आप्रवाहको अवस्था पनि एकदमै सुस्त तथा स्थिर नै छ । बैंक तथा वित्तीइ संस्थाको ब्याजदर घट्दो होइन, अनेक बहानामा बढ्दो क्रममा छ । राम्रो पक्ष भनेको सरकार स्थिर छ । तर, संघीयता संरचनाका कारण आगामी दिनमा स्रोत कसरी जुट्छ भन्ने जटिल प्रश्न नयाँ सरकारका सामु रहेको छ ।

संघीयता कार्यान्वयनका लागि सरकारले कस्तो कदम चाल्ला भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । लगानीकर्तामा सकारात्मक वा नकारात्मक असर त्यसैले पुरयाइरहेको छ । चालू आर्थिक वर्षमै सरकारले गर्नुपर्ने खर्च राम्रोसँग गर्न सकेको छैन । त्यसैगरी पुँजी वृद्धिका कारण कम्पनीहरुले दिने बोनस तथा हकप्रद सेयर करिब करिब सकिएको अवस्था रहेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने अवस्था नै छैन । बरु विभिन्न बाहानामा व्याजदर बढ्दै गएको छ । त्यसकारण बजार आक्रामक रुपमा बढ्ला भन्ने अवस्था भने रहेको छैन । बजार अहिले नै उच्च बिन्दुमा पुग्ने अवस्था पनि छैन तर भने घट्नका लागि पनि पर्याप्त आधार भने छैनन् । यो अवस्थालाई मध्यनजर गरेर शेयरमा लगानी गर्दा फरक नपर्ने जानकारहरुको भनाइ छ ।

यस्तै नेपालको अर्थतन्त्रलाई धारासायी बनाउने केही व्यक्तिको नाम लिदा पूर्वअर्थमन्त्री डा. रामशरण महतको नाम समेत आउने गर्दछ । बामपन्थी सरकारसँग सेयर बजारका लगानीकर्ताहरु डराउँदा सेयर बजार लगातार घटेको असुहाउँदो र अजारनीतिक कुर्तक उनले गरेका छन् । आफ्नै निवासमा केही काँग्रेसी पत्रकारहरुसँग कुरा गर्दै महतले यसरी सेयर बजार लगातार घट्नु राम्रो नभएको जिकिर गरेका थिए । ‘नयाँ सरकार गठन भएपछि लगातार सेयर बजार घटिरहेको छ, बामपन्थी सरकारलाई लगानीकर्ताले पूर्ण विश्वास नगरेका कारण सेयर बजार घटेको उनले कुर्तक गरे । सेयर बजारलाई अनुत्पादक भन्न नहुने महतको तर्क छ । तर, सेयर बजारमा हुने म्यानुपुलेसन भने गलत भएको उनले दावी गरेका छन् । ‘नेपाली सेयर बजारमा कहिलेकाहीँ म्यानुपुलेसन पनि हुने गरेको छ, जुन गलत हो,’ उनले भने । ‘सेयर बजार अनुत्पादक होइन, यो त अर्थतन्त्रको ऐना हो, पल्स हो,’ उनले दावी गरे । ‘कुनै पनि देशमा लगानीको वातावरण छ कि छैन भनेर त्यहाँको स्टक मार्केट कस्तो छ भन्ने दृश्यले निर्धारण गर्छ ।’

विगतमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी बढाउने नीति लिएकाले बामपन्थीको सरकार भएपनि नेप्से सूचक अहिलेसम्मकै उच्च १८८१ अंक पुगेको थियो । पुँजी बढाउने नीतिलाई देखाएर सेयर बजारलाई म्यानुपुलेट गरि बढाइएको उनको अर्को कुर्तक रहेको जानकारहरुको भनाइ छ । तर, अहिलेको अवस्थामा नेप्से इन्डेक्स १४ देखि १५ सयको हाराहारीमा हुँदा राम्रो हुने देखिएको छ । ‘१८८१ पुगेको नेप्से सूचक एकाएक ११र१२ सय अंकमा झर्नु करेक्सन होइन, बामपन्थी सरकारसँग लगानीकर्ताको डिप्रेसन भएको काँग्रेस सम्वद्ध बुद्धिजिवीको भनाइ छ । कांग्रेसको सरकार हुँदा सेयर बजारका लगानीकर्ताको आत्मविश्वास बढ्ने र आफू मात्रै शेयर बजारका लागि योग्य भएको उनको भनाइ थियो । तर महतको भनाईलाई कसले मान्ने र किन सुन्ने भन्ने जमात बढ्दै गएको छ । नेपालको उद्योग व्यवसाय चौपट पार्ने, लुट खसोट कायम गर्ने र राज्यको सम्पत्तिलाई कौडीको भाऊमा लिलामी गर्ने काममा उनै महतको हात रहेको कुरा कोहीबसैबाट छिपेको छैन।

प्रतिक्रिया दिनुहोस