नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा थप चार जना संक्रमितको मृत्यु भएको छ । प्यूठान स्वर्गद्वारीका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख ३१ गते एन्टिजेट जाँच गरेका उनलाई जेठ ६ गते कोहलपुरमा भर्ना गरिएको थियो।
दाङ बंगलाचुली गाउँपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १६ गते एन्टिजेट परीक्षण गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो।
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ७ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १९ गते एन्टिजेन परीक्षण गरिएका उनलाई २३ गते भेरीमा भर्ना गरिएको थियो। भर्ना गरेको दिन उनको मृत्यु भयो।
सल्यान शारदा नगरपालिका वडा नं।. १३ का ५५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ १६ गते एन्टिजेन परीक्षण गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै