सङ्क्रमितलाई परामर्श सेवा दिन स्वास्थ्यकर्मी परिचालन

रासस

आइतबार, २३ जेठ २०७८, १३ : ३६
सङ्क्रमितलाई परामर्श सेवा दिन स्वास्थ्यकर्मी परिचालन

दमौली । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्ने सङ्क्रमितलाई परामर्श सेवा दिन तनहुँका स्थानीय तहले प्रयास थालेका छन् । दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जिल्लाका स्थानीय तहले होम आइसोलेशनमा बस्ने सङ्क्रमितको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र थप उपचारका लागि अस्पतालसम्म लैजान स्वास्थ्य शाखामा समन्वय गर्न प्रयास थालेका हुन् । 

सङ्क्रमितलाई आवश्यक परामर्श सेवा दिनका लागि भिमाद नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरपालिकाले नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । नगरपालिकाले सबै स्वास्थ्यकर्मीलाई जिम्मेवारी बाँडफाँड गरेको छ । 

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा प्रकाश नेपालीलाई आइसोलेशन व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, अनुगमन, मेडिकल अधिकृत डा अनिमा पराजुलीलाई होम आइसोलेशनमा रहेका सङ्क्रमितको निगरानी र सल्लाह, जनस्वास्थ्य अधिकृत मनुराज बराललाई समग्र व्यवस्थापन, समन्वय, अनुगमन र सिनियर अहेव टुकामणि सिग्देललाई पिसिआर परीक्षण, होम आइसोलेशन अनुगमनको जिम्मेवारी दिइएको छ । 

भानुमती स्वास्थ्यचौकीका सिअहेव जीवन पन्तलाई वडा नं ८, किहुँस्वास्थ्य चौकीका सिअहेव रमेश गैह्रेलाई वडा नं १, अरुणोदय स्वास्थ्यचौकीका अहेव सुमित्रा नेपालीलाई वडा नं २, माझकोट स्वास्थ्यचौकीका अहेव अर्नुनकुमार रसाइलीलाई वडा नं ४ मा, अहेव सञ्जु श्रेष्ठलाई वडा नं ५, अहेव विनिता थापालाई वडा नं ५, एचए कपिल थापालाई वडा न। ९, अहेव विनिता आलेलाई वडा नं ३, अहेव प्रेशा रानालाई वडा नं ४, अहेव विष्णु ठकुरीलाई वडा नं ८ र अहेव सीता बस्याललाई वडा नं १ मा सङ्क्रमितको परामर्शका लागि परिचालन गरिएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस