काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाउने भनिएको मुक्त मुक्ति आन्दोलन देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत गौतमले राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने बताएका छन् ।
गौतमले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको लेखेका छन् । शक्रवार महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।
गौतमको भनाइ जस्ताको त्यस्तै
नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो ।
यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको मुद्दा बार्गेनिङमा टुङ्ग्याउन खोजिँदै छ : राजेन्द्र महतो
राजेन्द्र महतोको पार्टीको नाम फेरियो
नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो
अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो
राजेन्द्र महतोद्वारा पार्टी घोषणा
राजेन्द्र महतोले दिए बंगलादेशका नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाई