मोरङमा चोरी भएको मोटरसाइकलसहित ७ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १३ : १४
मोरङमा चोरी भएको मोटरसाइकलसहित ७ जना पक्राउ

काठमाडौं । मोरङमा चोरी भएको मोटरसाइकलसहित ७ जना पक्राउ परेका छन् ।  मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलियाबाट मोटरसाइकलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने मनोज परियार छन् ।  

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलियास्थित मिना कुमारी बि.क.को घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नं. को रातो कलरको २०० सिसिको NS मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरेको हो । 

सुनसरी ईटहरी महानगरपालिका-१३ बस्ने २८ वर्षीय राजेश मेहताको घरबाट आज बिहान ८ बजे उक्त मोटरसाईकल समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

मोटरसाइकल बरामद गरेपछि थप अनुसन्धानको क्रममा उक्त कार्यमा संम्लग्न अन्य ६ जनालाई शुक्रबार उनीहरुकै घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस