माधव–झलनाथ पक्षको आज स्थायी कमिटि बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, ०८ : ५९
माधव–झलनाथ पक्षको आज स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । दुई दिने केन्द्रीय कमिटी बैठकलगत्तै शनिबार (आज) स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठक दिउँसो एक बजेका लागि बोलाइएको अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो ।

नेपाल समूहका नेताहरुले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनुपर्ने र संसद विघटन गल्ती थियो भनेर आत्मालोचना गर्नुपर्ने नेताहरुले बताउन थालेका छन । 

प्रतिक्रिया दिनुहोस