पदमुक्त भएका थापा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १५ : ०२
पदमुक्त भएका थापा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा पुगेका छन् । उनले अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

थापालाई राष्ट्रिय जनमोर्चा पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको भन्दै पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।
आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले रिट दर्ता गराएका हुन् । उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस