काठमाडौं । मित्रराष्ट्र जापानले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।जापानले पठाएको १६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले प्राप्त गरेको छ । थप ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको पनि मन्त्रालयले जनाएको । सहायताका लागि परराष्ट्रले जापानलाई धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, १७ : ५०
लेखकबाट थप