काठमाडौं ।बंगलादेशमा रहेका नेपालीहरुले कोरोनाविरुद्ध लड्नका लागि नेपाललाई स्वास्थ उपकरणहरु सहयोग गरेका छन् । उनीहरुले बंगलादेशका लागि नेपाली राजदूत डाक्टर वंसिधर मिश्रमार्फत यो सहयोग हस्तान्तरण गरेका हुन् ।
१० वटा अक्सिजन कन्सेन्ट्रटेर्स, १० वटा अक्सिजन थेरापी सेट, ५ वटा सिपिएसीलगायतका उपकरण हस्तान्तरण गरिएको हो । ढाका बस्ने नेपाली समुदायका तर्फबाट बोल्दै टिका लिम्बुले कोभिड १९ बाट नेपालीहरु संक्रमित भइरहेका बेला सहयोग गर्न पाउँदा सन्तुष्टी मिलेको बताए । प्रवासी नेपालीहरुका तर्फबाट आगामी दिनमा पनि निरन्तर सहयोग हुने उनले बताए ।
राजदूत मिश्रले नेपाललाई संकटको घडीमा महत्वपूर्ण सहयोग गर्ने प्रवासी समुदायलाई धन्यवाद् दिए । यी सबै सामाग्रीहरु चार्टर्ड फ्लाइटमार्फत आजै काठमाडौं आइपुग्नेछ । बंगलादेश आर्मीले नेपाल आर्मीलाई स्वास्थ सामाग्री सहयोग गरेकाले उक्त सामाग्री लिनका लागि नेपालबाट चार्टर्ड फ्लाईट बंगलादेश जाँदैछ । त्यही फ्लाइटमा यही उपकरणहरु पनि राखेर ल्याइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, १६ : ०२
लेखकबाट थप