ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५०७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र पनि यहाँ कोभिड–१९ को संक्रमणमा परेका यहाँका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।
यहाँका अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बुधबार मात्र पनि यहाँका ९५ हजार जना भन्दा बढीमा कोरोनाको संक्रमण भएको छ ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसबाट ज्यान जाने विश्वका मुलुकहरु मध्ये अमेरिकापछि दोस्रोमा पर्दछ ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० जेठ २०७८, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा बाढीका कारण मर्नेको सङ्ख्या ५६ पुग्यो
मैत्रीपूर्ण खेलमा ब्राजिल र जर्मनी विजयी
विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित
ब्राजिलमा विमान दुर्घटनाः १२ जनाको मृत्यु
ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु
प्रधानमन्त्री मोदीद्वारा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई जी–२० अध्यक्षको पद हस्तान्तरण