ढुंगाको वाल भत्किँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १३ : ३९
ढुंगाको वाल भत्किँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौँ । काठमाडौंमा निर्माण भइरहेको  ढुंगाको वाल भत्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजनाको अवस्था गम्भीर रहेको छ ।  राजधानीको चन्द्रागिरि नगरपालिकामा पर्ने  पुरानो नैकाप कंकालीमा बनाइरहेको ढुंगाको वाल भत्किँदा  दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा अन्य दुई जना गम्भीर घाइते भएको काठमाडौँ प्रहरी प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।

मृत्यु हुनेमा उदयपुर बेलुवा–८ कि ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिकाका– ९ का २० वर्षीय टेकबहादुर छेपाङ रहेका छन्।

उदयपुरको कटारीका २१ वर्षका मिलन तामाङ र धादिङको गल्छीका  १८ वर्षीय हरि घले घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस