काठमाडौं । कोपा अमेरिका फुटबल २०२१ अब ब्राजिलमा हुने भएको छ ।यसअघि आयोजकका रुपमा रहेका कोलम्बिया र अर्जेन्टिना दुवै आयोजकबाट हटाइए ब्राजिलले विश्वकै पुरानो फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले सोमबार ४७औं संस्करणको कोपा अमेरिका ब्राजिलमा खेलाइने पुष्टि गरेको छ ।सोमबारै कन्मेबोलले त्यहाँको अहिलेको अवस्थाका कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएको थियो । अर्जेन्टिनामा अहिले कोरोना महामारी बढ्दो अवस्थामा छ । त्सअघि कोलम्बियालाई पनि आयोजकबाट हटाइएको थियो ।
कन्मेबोलले कोपा अमेरिकाको मिति पक्का भइसकेको र भेन्यु र अल तालिका केही घण्टापछि सार्वजनिक गर्ने जनाएको छ ।कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल साविक विजेता समेत हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनालाई रोक्दै २३ वर्षको उपाधि खडेरी तोड्न चाहन्छ कोलम्बिया
कोपा अमेरिका : सडन डेथमा जित्दै क्यानाडा सेमिफाइनलमा
उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित
भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा
कोपा अमेरिकामा उरुग्वेको विजयी शुरुवात