पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना संक्रमित थपिए ,१ सय १४ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १७ : ४८
पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना संक्रमित थपिए ,१ सय १४ जनाको मृत्यु

काठमाडौं । सोमबार नेपालमा ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु पुष्टि भएको छ ।१७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् ।

६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कूल संक्रमित संख्या ५ लाख ६१ हजार पुगेको छ । कूल मृतक संख्या ७३८६ पुगेको छ ।