काठमाडौं । दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने भएको छ ।दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले कोरोना भाइरस महामारीको कारण जनाउँदै सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ ।
यसअघि अर्जेन्टिना र कोलम्बियाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गर्ने तय भएको थियो । तर, कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शनका कारण आयोजकबाट यसअघि नै हटाइएको थियो ।
अर्जेन्टिनामा अहिलेको अवस्थामा कोपा अमेरिका हुन नसक्ने कन्मेबोलको ठहर छ ।कोरोना भाइरसको बढ्दो लहरका कारण अर्जेन्टिनामा हाल फुटबल गतिविधिसमेत स्थगित गरिएको छ ।जुन १३ देखि सुरु हुने कोपा अमेरिकाको आयोजनाका लागि कन्मेबोलले अन्य राष्ट्रसँग छलफल भइरहेको जनाएको छ ।
कन्मेबोलले प्रतियोगिता आयोजना गर्नका लागि अरु राष्ट्रलाई प्रस्ताव गर्नसमेत भनेको छ ।अब कोपा अमेरिका प्रतियोगिता चिली वा अमेरिका मध्ये एक मा हुने सम्भावना छ ।प्रतियोगिताको बारेमा छलफल गर्न कन्मेबोलको आपतकालिन बैठक सोमबार बस्दैछ ।
कोपा अमेरिकाको लागि अब केही विकल्प छ । जसमा प्रतियोगिता रद्द गर्नेदेखि चिली वा पाराग्वेमा आयोजना वा अमेरिकामा आयोजना गर्ने विकल्प छ ।तर कन्मेबोल कोपा अमेरिकालाई दक्षिण अमेरिकामै गर्न चाहन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनालाई रोक्दै २३ वर्षको उपाधि खडेरी तोड्न चाहन्छ कोलम्बिया
कोपा अमेरिका : सडन डेथमा जित्दै क्यानाडा सेमिफाइनलमा
उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित
भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा
कोपा अमेरिकामा उरुग्वेको विजयी शुरुवात