बाँकेमा थप ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, ०९ : २७
बाँकेमा थप ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

नेपालगञ्ज । बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरु सबैको उपचारको क्रममा मृत्यु भएको हो ।  बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ १६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको राति सवा १० बजे मृत्यु अस्पतालले जनाएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ८७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ ६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको सोमबार बिहान ५ बजे मृत्यु भएको छ।

लमजुङ मध्य नेपाल नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १२ गते पीसीआर गरिएका उनलाई १४ गते भर्ना गरिएको थियो। उनको बिहान ५ः५० बजे मृत्यु भएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ८३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ११ गते पीसीआर गरिएका उनलाई १२ गते भर्ना गरिएको थियो। उनको बिहान ५ः१५ बजे मृत्यु भएको छ।

कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ २ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो। उनको बिहान ७ बजे मृत्यु भएको छ। योसँगै बाँकेमा २ सय ९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २ सय ८६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस