स्वास्थ्यकर्मीलाई ७ दिनभित्र सुरक्षाको प्रत्याभूति हुने अध्यादेश ल्याउन चिकित्सक संघको माग

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १५ : ००
स्वास्थ्यकर्मीलाई ७ दिनभित्र सुरक्षाको प्रत्याभूति हुने अध्यादेश ल्याउन चिकित्सक संघको माग

काठमाडौं ।नेपाल चिकित्सक संघले ७ दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ ।

संघका महासचिव डा बद्री रिजालले आइतबार जारी गरेको विज्ञप्तिमा ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार बन्नुपर्ने चेतावनी दिएको छ । 

भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको तथा विगतमा पनि यस्तो घटना बारम्बार दोहोरिएकाले अध्यादेशमार्फत कानुन ल्याएर चिकित्सकका लागि सहज वातावरण बनाउनुपर्ने संघको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस