जटिल स्वास्थ्य अवस्थामा रहेका उज्ज्वल थापाको एक्मो प्रविधिबाट उपचार गरिँदै

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १४ : २८
जटिल स्वास्थ्य अवस्थामा रहेका उज्ज्वल थापाको एक्मो प्रविधिबाट उपचार गरिँदै

काठमाडौं । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको ECMO (एक्मो) प्रविधिबाट उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै, परिवार, साथी र शुभेच्छुकहरुको तर्फबाट आइतबार जारी विज्ञप्तिमा एक्को प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरुको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भैरहेको भए तापनि अवस्था जटिल बन्दै गएको जानकारी दिइएको छ । थापाको जुन प्रविधिमार्फत् उपचार भइरहेको छ, त्यो नेपाल मेडिसिटी अस्पतालमा मात्रै उपलब्ध भएको अस्पतालले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस