पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १८ : १८
पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ ।

आर्थिक वर्ष २०७८–८९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् । 

यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस