औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ५५
औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन

 

काठमाडौं । सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ। 

आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए। 

सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको ७० प्रकारको औषधि सबै स्वास्थ्य संस्थामा हुने उनले बताए । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस