चितवन । निरन्तरको वर्षापछि नारायणी नदीको सतह बढेको छ । नारायणीले क्षति पु¥याउन सक्ने जोखिम उच्च रहेको भन्दै चितवन प्रशासनले तटिय क्षेत्रका स्थानियलाई सचेत रहन आग्रह गरेको छ ।
भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्रको २६ र २७ नम्वर वडामा नारायणी नदीले कटान गर्न सक्ने जोखिम बढेकाले सो क्षेत्रमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।
केही स्थानमा कटान हुन थालेको स्थानियहरुले बताएका छन् । नारायणी नदीको बाढीले वर्षेनी पश्चिम चितवनका विभिन्न क्षेत्रमा कटान गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार
नारायणीको बाढी बस्तीमा पस्यो