चितवन । नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढस्थित नारायणी नदीको पुलभन्दा पूर्व(उत्तरतर्फ रहेको बस्ती डुबानमा परेको हो ।
त्यहाँका करिब एक सय घरपरिवार डुबानमा परेको छ । वडा नम्बर २ स्थित नदी किनारका घर डुबेका हुन् । प्रहरीले डुबान क्षेत्रमा उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ ।
डुबानमा परेका बस्तीका स्थानीयलाई उद्धार गरेर नजिकैको स्कुलमा लगिने प्रहरीले जनाएको छ । लगातारको झरीले शनिबार बिहानबाट नारायणी नदीमा पानीको सतह ह्वावात्तै बढेको छ । नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीले सतर्कता तह पार गर्यो
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार
नारायणीको बाढी बस्तीमा पस्यो
नारायणीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या
नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु