काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारेको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
चीनको वुहानस्थित प्रयोगशालाका सोधकर्ताहरू महामारी फैलनुअघि नै विरामी परेको तथ्य सार्वजनिक भइरहँदा अमेरिकी राष्ट्रपति बाइडेनले त्यसको अनुसन्धान छिटो टुंग्याउन निर्देशन दिएका हुन् ।
आफ्नो अध्ययन क्षमता बढाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन् ।
सन् २०१९ को डिसेम्बर अन्तयमा चीनको हुवेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता विश्वभर कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको छ ।
विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई पनि आह्वान गरिसकेको छ ।
डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका थिए ।
वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताएका थिए । वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् ।
तर कतिपयले कोरोना भाइरस वुहान स्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १३ जेठ २०७८, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति