अनुदान प्राप्त स्वास्थ्य सामग्रीमा वन मन्त्री आलेको रजाई, निजी सहयोग भन्दै आफ्नो पोष्टर नै अंकित गरेर गृहजिल्लामा बाँडे स्वास्थ्य सामग्री

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, ०८ : २६
अनुदान प्राप्त स्वास्थ्य सामग्रीमा वन मन्त्री आलेको रजाई, निजी सहयोग भन्दै आफ्नो पोष्टर नै अंकित गरेर गृहजिल्लामा बाँडे स्वास्थ्य सामग्री

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले कोरोना कहरमा चर्चा बटुल्न चीनबाट अनुदान प्राप्त स्वास्थ्य सामग्रीमा आफ्नो व्यक्तिगत लगानी भन्दै पोष्टर नै टाँसेर गृहजिल्लामा वितरण गरेका छन् ।   गृह गृहजिल्ला डोटीमा कोभिड १९ नियन्त्रणका लागि भन्दै उनले स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै विभिन्न देशहरुले नेपाललाई सहयोग स्वरुप स्वास्थ्य सामग्री प्रदान गरिरहेका बेला ति सामग्रीहरु आफुले किनेर ल्याएको भन्दै कतिपय जनप्रतिनिधीहरुले चुनावको मुखमा फाईदा केन्द्रित काममा समेत जुट्न थालेका छन् ।  मन्त्री आलेले सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्री वितरण गर्न गर्न हेलिकोप्टरमार्फत डोटी पुगेका थिए । उनले डोटीको जिल्ला अस्पताल, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामाग्री वितरण गरेका हुन् । 

चीनबाट अनुदानमा ल्याइएको अक्सिजन सिलिण्डरमा मन्त्री आलेले व्यक्तिगत लगानी भनेर पोस्टर नै टाँसेका वितरण गरेका हुन् । यो कुरा सार्वजनिक भएपसंगै अहिले यसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।  मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेका अनुसार जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरिएको छ ।

त्यस्तै जिल्लाका नौँ स्थानीय तहलाई पाँच पाँच वटा अक्सिजन सिलिण्डर, दुई दुई वटा  एचडियु बेड र पाँच पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरिएको आलेले बताए ।  डोटीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मन्त्री आलेले भनेका छन्, ‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिण्डर वितरण गर्दैछु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ ।’ 

मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन् । उनले चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आफ्नै तस्बिर टाँसेका छन् । जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री ।’  यता मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले स्वास्थ्य सेवा विभागले दिएका सिलिण्डरमा पनि अक्सिजन फिलिङ मन्त्रीको व्यक्तिगत खर्चबाट गरिएकोले तस्बिर टाँसिएको बताए । 

प्रतिक्रिया दिनुहोस