गण्डकी सरकारले पूर्णता, वन मन्त्रीमा काँग्रेसका भेषबहादुर पौडेल नियुक्त

रासस

सोमबार, ०५ कार्तिक २०८१, १३ : ३१
गण्डकी सरकारले पूर्णता, वन मन्त्रीमा काँग्रेसका भेषबहादुर पौडेल नियुक्त

पोखरा । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेलको आजै साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस